जन्मभुमि खबर ,
पोखरा ।
झोलुङ्गे पुलबाट खसेर बागलुङमा एक युवाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका-१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुलबाट बसेर बुधबार साँझ बागलुङ नगरपालिका-४ रातमाटाका २२ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । थापा पुलबाट कालीगण्डकी नदी किनारमा खसेको केसीले बताए ।
पुलबाट १३८ मिटर तल कालीगण्डकी किनारमा खसेका थापाको घटनास्थलमै मृत्यु भएको डिएसपि केसीले बताए । थापाको शव पोष्ट्मार्टमको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको प्रहरीले बताएको छ ।