जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धनकुटाको लेगुवामा केपी ओलीमाथि आक्रमण ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको छ । एमाले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रामा रहेको छ । संकल्प यात्राको आज १५औँ दिन हो ।

नेकपा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले धनकुटाको लेगुवामा मादक पदार्थ सेवन गरेका एक युवाले अवरोध गर्न खोज्दा शंकास्पद लागेर प्रहरीले नियन्त्रणमा लिएको बताए ।

“आक्रमण प्रयास भएको हो, छुन पाएन,” उनले भने, “धनकुटाको लेगुवामा शंकास्पद लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”

सार्वजनिक भिडियोमा पनि ओलीमाथि आक्रमण प्रयास भएको स्पष्ट देखिन्छ । कोसी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले आक्रमण प्रयास भएको बताए ।

भिडियो हेर्नुहोस ।