जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा बालिका करणी गर्नेलाई जन्मकैदको फैसला

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो। साथै निजलाई छ लाख जरिवाना र २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ।

निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो। प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो।