जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ भिमादकी महिलाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँको मौरी बजारमा ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरा आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८६१ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ग १७ प ६५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका ९ थामडाँडाकी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उनका श्रीमान् ३४ वर्षीय रामचन्द्र विक, र छोरा ३ वर्षका सुमन विक तथा ६ वर्षका गुराँस विक घाइते भएका छन् ।

सुकमायाको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरूको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको छ ।