जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

प्युठानको ऐरावती गाउँपालिका –२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्वरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा मल्लरानी गाउँपालिका –३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार जिपको टायर पञ्चर भएर जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पाँच जना घाइते भएको र जिल्ला अस्पताल बिजुवारमा उहाँहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।