जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एक दिने आधारभूत मौरी पालन तालिम सम्पन्न ।

मिलन चण्डीकालीका कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि एक दिने आधारभूत मौरी पाल्न तालिम सम्पन्न गरेको छ।शेयर सदस्यहरुलाई मौरी पाल्न गर्नका लागि उत्प्रेरित गर्ने सोचका साथ आज संस्थाले आफ्ना सदस्यहरुलाई तालिम प्रदान गरेको हो।यश क्षेत्रमा मौरी प्रचुर सम्भावना रहेको साथै धेरै जनाले पुरानै प्रविधिक बाट मौरी पाल्दै आउनु भएकोलाई आधुनिक प्रबिधि तथा नयाँ घारमा कसरी मौरी पाल्न गर्न सकिन्छ भन्ने सो तालिम जानकारी गराईएको थियो। 

तालिमलाई पोखरा माहानगरपालिका कृषि अधिकृत सुरज चिलवाल तथा सहकारी का सह सचिव तथा पोखरा २१ का अगुव किसान समान बहादुर गुरुङले सहजीकरण गर्नु भएको थियो।तालिममा आधुनिक प्रविधिक बाट कसरी मौरी पाल्न गर्ने, मौरी को बासस्थानको जानकारी , मौरी पाल्दाका समस्य साथै विविन्न बिषयको जानकारी दिएको थियो।
कृषिका विविन्न कार्यक्रम तथा तालिम मार्फत किसानलाई सहकारीले जागरुक बनाउदै आएको मा निकैनै खुशि लागेको पोखरा महानगरपालिका आर्थिक माहाशाखा प्रमुख मनहर कडरियाले बताउनु भएको थियो।आफु र आफ्नो संस्था सधैनै किसानको साथमा रहेको र आफुले किसनहरुलाई सक्दो सहयोग गर्ने बताउनु भएको हो।


सहकारीले यश क्षेत्रलाई मौरीको पकेट क्षेत्रको रुपमा बिकास गर्ने सोच रहेको साथै तालिम लिनु भएका र मौरी पाल्न गर्ने सोच गर्नु भएका ५० जाना सदस्यहरुलाई यश बर्ष मौरी घार उपलब्ध गराउने र मौरी पाल्नबाट उत्पादन भएको मह बिक्री को जिममा सहकारीले लिने संस्थाका अध्यक्ष क्या दिल बहादुर थापाले जानकारी दिनुभएको छ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका आर्थिक माहाशाखा प्रमुख मनहर कडरिया रहनु भएको थियो।कार्यक्रम सभाअध्यक्ष संस्थाका अध्यक्ष क्या दिल बहादुर थापा रहनु भएको थियो भने कार्यक्रम संस्थाका सचिव कविराज पौडेलले संचालन गर्नु भएको थियो।