आठ सयले बढ्यो सुनको मूल्य
जन्मभुमि खबर,
पोखरा ।
साताको छैटौं दिन सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनमा आठ र चाँदीमा पाँच रुपैयाँले बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलाको १ हजार ४८५ रुपैयाँ कायम भएको महाशाखाले जनाएको छ ।
बिहीबार छापावाल सुन १ लाख १९ हजार, तेजाबी सुन १ लाख १८ हजार ४५० र चाँदी १ हजार ४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।