जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्रीलाई भेटेर सातै प्रदेशका मुख्यमन्त्रीले मागे अधिकार

जन्मभुमि खबर ,
पोखरा ।

सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेटेर मागे अधिकार
संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्।

संघीयताको प्रावधानअनुरूप केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरेको भन्दै एकताबद्ध भएका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रबार हेटौँडामा भेला भई छलफल गरेका थिए।

त्यसपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले यस विषयमा प्रधानमन्त्रीको प्रचण्डलाई पत्र दिँदै ध्यानाकर्षणपत्र बुझाएका हुन्।