जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा हेम्जामा धाराका सामाग्री चोरी गरेको आरोपमा एक जना पुरुष पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा २५ हेम्जामा स्थानीय उपभोक्तालाई वितरण गर्नको लागि राखिएको धाराका टुटि ,रेगुलेटर भल्भ चोरीको आरोपमा १ युवक पक्राउ परेका छ्न ।

हेम्जामा वितरण गर्नका लागि ल्याइएको खानेपानीको धाराको टुटि ६० थान , रेगुलेटर भल्भ १८ थान हराएको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलिले निजलाइ शंकास्पद अवस्थामा निजले भिरेको झोला खानतलासी गर्दा उक्त झोलाभित्र धाराको टुटि २८ थान , रेगुलेटर भल्भ ३ थान र टिकाको थाली १ थान सहित नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जा बस्ने सुरज थापा मगर रहेका छन ।

पक्राउ परेकाललाइ कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ  ।