जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पार्किङ गरि राखीएको स्कुटर चोरीको आरोपमा १ जना युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा पार्किङ गरि राखीएको स्कुटर चोरीको आरोपमा १ जना युवक पक्राउ परेका छ्न ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मुस्ताङ चोक स्थित भित्रीसडक खण्डमा
पार्किङ गरिराखेको ग १५ प २५१९ नम्बरको स्कुटर चोरी भएको भन्नी सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामको टोलिले खोजतलास गर्दै जादा निजलाइ वडा नम्बर ९ नागढुङ्गा मा चलाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ  निलकण्ठ नगर पालिका वडा नं.६ घर भई हाल पोखरा महानगरपालिका वडा नं.८ बस्ने वर्ष १८ को अविनाश थापा मगर रहेका छन ।

पक्राउ परेका युवकलाई कास्की जिल्ला
अदालतबाट चोरी तथा डाकाँ सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।