जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा निर्माण सामग्री बोकेका ५६ वटा गाडी महानगरको नियन्त्रणमा ( तस्वीर सहित )

जन्मभुमि खबर ,
पोखरा ।

कास्की जिल्ला अन्तरगत विभिन्न स्थानमा अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रण गरिएको छ ।

क्रसर उद्योग र खोला तथा नदीबाट नदीजन्य सामाग्री लिएर आएका गाडीलाई महानगरले नियन्त्रणमा लिएको हो ।

कास्कीका विभिन्न ठाउँमा प्राकृतिक नदीजन्य पदार्थ उत्खनन गरी फर्जी बिल बनाएर निकासी गरेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुले अवैध निकासी गरेको प्रहरीको भनाइ छ । नदीजन्य पदार्थ बोकेका ट्रक, टिप्पर, ट्याक्टरलाई नियन्त्रणमा लिएर महानगर पठाएको प्रहरीले बताएको छ ।

यसैबिच गाडीवालाले महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरुले गाडी नछाडे महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छ्न ।