जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ने.रे.सो.जुनियर तथा युवाहरूको राष्ट्रिय गोष्ठी आगामी पुस ७ र ८ गते पोखरामा हुने

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवाहरूको राष्ट्रिय गोष्ठी आगामी पुस ७ र ८ गते पोखरामा हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जुनियर तथा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी हुन लागेको हो । “बिश्वब्यापी रूपमा अभिप्रेरित , स्थानीय रूपमा सशक्तीकृत : जलवायुसम्बन्धि गतिविधिमा जुनियर तथा युवा ” भन्ने मुल नाराका साथ पोखरा ११, फुलबारी स्थित शिबशक्ति माविमा गोष्ठीको आयोजना गरिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

गोष्ठीको मुख्य उदेश्य देशभरका जुनियर तथा युवा र शिक्षक नायकहरु एकै थलोमा भेला भएर स्वयंसेवाको भावना उजागर गरि रेडक्रसका गतिविधिहरु जुनियर तथा युवा रेडक्रसका निति र अनुभव आदनप्रदान छ्लफल गर्नु रहेको,नेपाल रेड्क्रस सोसाइटी केन्द्रिय जुनियर युवा बिभागका सभापति बिष्णु प्रसाद नेपालले बताए ।

गोष्ठीमा ७७ जिल्लाका जुनियर तथा युवा प्रतिनिधिहरु, शिक्षक नायक तथा केन्द्रिय पदाधिकारीहरु लगायतका तीन सय बढीको सहभागी रहने नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दन्डराज शर्माले जानकारी दिए ।

गोष्ठी हुनु अघि सुरुका दिन महेन्द्रपुलदेखि रानिपौवा हुदै कार्यक्रम स्थलमा झाकी तथा रयाली सहितको प्रभाव फेरि रहेको र त्यसपछि कार्यक्रममा परिणत हुने कास्की शाखाका मन्त्री सुर्यन्द्र गुरुङले बताए । गोष्ठी सफलताका लागि विभिन्न समिति गठन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय जुनियर युवा विभागका सभापति विष्णु प्रसाद नेपालले गोष्ठीमा सम्बन्धीत क्षेत्रका विज्ञले सहजीकरण गर्नेगरी रक्तदानको महत्व, जलवायु सचेतना र यसका लागि जुनियर युवाको भूमिका, जुनियर युवाकाे अनुभव आदान प्रदान,  साइबर सुरक्षा शिक्षा, परिवर्तक अभियान: द चेञ्ज मेकर, वास द स्कुल सम्बन्धी जानकारीका लागि प्रशिक्षणका कक्षाहरु सञ्चालन हुने बताए ।