जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मूल्य

जन्मभुमि खबर ,
पोखरा ।

बिहीबार तोलामा १३ रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार घटेको छ । शुक्रबार तोलामा १३ सय रुपैयाँले सुनको मूल्य घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन १ लाख २० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य पनि बढेर १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको थियो । बिहीबार प्रतितोला १५ रुपैयाँले बढेको चाँदीको मूल्य शुक्रबार ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १४९० रुपैयाँ पुगेको थियो । १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ४८० रुपैयाँ पुगेको छ । तेजावी सुन १० ग्रामको मूल्य १ लाख २ हजार ९६५ रुपैयाँ पुगेको हो । चाँदी १० ग्रामको मूल्य १ हजा २४७ रुपैयाँ रहेको महासंघले जनाएको छ ।