जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य स्थिर , चाँदीको मुल्य घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै सुनको मुल्य स्थिर रहेको जनाएको हो । यससँगै, आज हिजोकै मुल्यमा सुनको कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मुल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मुल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो । आज १० रुपैयाँले घटेर कारोबारमा आएको हो ।