जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बल्खुमा स्थिति तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्यास पानीको फोहोरा

जन्मभुमि खबर ,
पोखरा ।

दुर्गा प्रसाईं समूहको विरोध जुलुस बल्खुचोकबाट कालीमाटी छिर्न खोजेपछि झडप भएको छ । दुर्गा प्रसाईंले जुलुस अब शहर छिर्ने बताएपछि जुलुस कालीमाटीतर्फ छिर्न खोजेको थियो ।

त्यसपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अहिले स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले हवाई फायर गरेको छ । दर्जनाैँ राउण्ड हवाई फायर भएकाे छ ।पानीको फोहोरा पनि हानेको छ ।

आज एकै दिन प्रसाईं समूह र एमालेले प्रदर्शन गर्ने भएपछि दुई समूहलाई अलग अलग प्रदर्शनस्थल तोकिएको छ । प्रसाईं समूहलाई बल्खु चोक र एमालेलाई तीनकुने चोक तोकिएको छ ।