जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २९ पट्नेरीस्थित कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक दम्पतीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

करेन्ट लगाएर माछा मार्नेक्रममा पोखरामा एक दम्पतीको मृत्यु भएको छ ।

पोखरा २९, पट्नेरीस्थित कुलोमा सोमबार दिउँसो करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा २९ बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी ४६ वर्षीया श्रीमती सावित्री सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार बिकले जनाए । डिएसपी बिकका अनुसार सुनार दम्पती मुस्ताङ स्थायी घर भई हाल पट्नेरीमा बस्दै आएका थिए ।

दिउँसो करिब ४ बजे माछा मार्न तार बिछ्याउने क्रममा उनीहरुलाई करेन्ट लागेको हो ।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।