जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल, मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।

मूल्य घटेसँगै पोखरामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ ।

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेको छ । तर निगमले ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ । यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिसिन्डर ३ सय रुपैयाँ नोक्सानी रहेको प्रवक्ता मनोज ठाकुरले जारी विज्ञप्तिमा उल्लेख छ ।

लामो समय घाटामा रहेको आयल निगम मंगलबारदेखि ऋणमुक्त भएको छ ।