जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

जन्मभुमि खबर ,
पोखरा

पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ। समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा पुग्ने क्रममा आर्मीले मंगलबार कोशी प्रदेशलाई ३९ रनले पराजित गर्‍यो।

यसअघि पहिलो खेलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीको निलो टिमलाई पराजित गरेको थियो।

मंगलबार पोखरा क्रिकेट मैदानमा आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रनमा अलआउट भयो।

कोशीका लागि ओपनर सोनू अन्सारी ४४ रन र समिर कार्कीले ३४ रन बनाए।

बलिङमा आर्मीका सोमपाल कामी र विवेक यादवले २-२ विकेट लिए। जितेन्द्र मुखिया, बासिर अहमेद, शाहब अलाम र रोहित पौडेलले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ७ विकेटको क्षतिमा १८६ रन जोड्यो।

आर्मीका लागि ओपनर सन्तोष कार्कीले रिटायर्ड हर्ट हुनुअघि ४१ बलमा ५० रन जोडे। कप्तान विनोद भण्डारी १७ रनमा आउट भए। रोहित पौडेलले २३ रन र भीम सार्कीले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५३ रनको योगदान गरे।

बलिङमा कोशीका सर्वन यादवले ३ विकेट र कमल खत्रीले २ विकेट लिए ।

केपी ओली कपमा सुदूरपश्चिमले पुलिसलाई हराउँदा सेमिफाइनल पुग्यो मधेश