जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

८०० रोपनि जग्गा भेडाको छाला, यो बिसयमा पोख्रेलिको के धारणा ।

पोखरा उपत्यका नगर बिकास समिति पोखराको मातहतमा करिब ८०० रोपनि जग्गा देखिन्छ। उक्त समितिको पदेन अध्यक्ष पोमनपाका मेयर हुने ब्यबस्था छ ।समितिको सदस्यहरुमा कास्किका सिडियो वा निजले तोकेको एक अधिकृत सदस्य , जिल्ला समन्वय कास्किबाट समन्वय प्रमुख निजले तोकेको एक सदस्य , डिभिजन बन कार्यालय , नापि र मालपोत कार्यालय प्रमुख ३ सदस्य ,पोमनपाका वार्ड अध्यक्षहरु मध्येबाट ३ सदस्य , स्थानिय समाजसेबिहरुको तर्फबाट २ सदस्य , प्रसासकिय अधिकृत सदस्य सचिब सदस्य १ र आमन्तृत एक सदस्य गरि १३ जना भएको समिति हुन्छ। श्रोत : नगर बिकास ऐन २०४५ सम्सोधित ऐन २०७५को दफा ४ ।
यो समिति अन्तर्गत पोमनपा भित्र करिब ८०० रोपनि जग्गा छ।@पर्यटन बस पार्क@पृथ्वी चोक बस पार्क@ बसुन्धरा पार्क @ बिन्दबासिनि बसपार्क @कोमागाने पार्क@प्रदर्सनि स्थल ,@ गल्फ कोर्स र सब्जि मन्डि छन।
नोट ; सरकारि आबस २६ बटा युनिट ( तिन कोठा सौचालय र बाथरुम सहित ) र कुनै जग्गा र भबन गरि ३२ बटा बाट
यो समितिको खातामा मासिक र बार्सिक भाडा आउछ।
उक्त भाडा बाट आम्दानि भएको रकम बाट समिति मातहतको भौतिक सम्पतिको मर्मत गर्ने र कर्मचारिहरुको तलब दिने काम मात्रभएको देखिन्छ।
पोमनपाको सबै बजेट बनाउन सक्ने छ्यमताको नगर बिकास समितिको योजना बिहिनको काइते काम खास पोख्रेलिलाइ थाहा नै छैन ।अब खोज्नुहोस ति जग्गाहरुमा के के काम भएका छन ? के के काम गर्दा पोखरालाइ आम्दानि हुन्छ? कति लुट्पाट गरेर खाइएको छ ? पोखरामा एक ढालान गरेको कोठालाइ ६,७ हजार पर्छ तर नगर बिकास समितिले भाडा उठाउने एक युनिटमा बनेका तिन कोठालाइ मात्र ६ हजारमा भाडा कस्ले र किन दिइरहेको हो? किन भाडामा परिबर्तन हुदैन?यस समितिको मातहतमा भएका अन्य सटर हरुको भाडा दर प्रचलित भाडा दर भन्दा किन कम छ? बिभिन्न पार्क भनेर छुट्याएर राखेका जग्गाहरु मा किन गाइभैसि चर्छन? पर्यटकिय सहरमा ८०० रोपनि जग्गाको मालिकको अध्यक्ष के काम गरेर बसेका छन? यिन्को तत सम्बन्धमा के योजना छ ?सिङ्गो पोखरा नगर समितिमा के कस्ता बिज्ञहरु हुनुहुन्छ? उहाहरुको तत सम्बन्धमा के कस्ता योजनाहरु बनाउनु भएको छ होला? पोखरा मनपाको योजना आयोगको उपाध्यक्षले तत सम्बन्धमा के योजना बनाएका छन? यि र यस्तै प्रस्नहरुको जबाफ पोख्रेलिहरुले खोज्ने हैन र???

लेखक खगराज आचार्य