जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मूल्य स्थिर

जन्मभुमि खबर ,
पोखरा ।

साताको पाँँचौं दिन नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर छ।

आज चौथो दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ कायम छ। यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार प्रतितोला १ हजार पाँच सय २० रूपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोहि मूल्य कायम छ।