जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्यमा नयाँ रेकर्ड

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा सुनको मूल्यमा मंगलबार नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो ।

छापावाल सुन तोलाको एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्म उच्च कारोबार मूल्य हो । हिजो (सोमबार) छापावाल सुन तोलाको एक लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन तोलाको एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।