जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मुल्य बढ्यो

जन्मभुमि खबर ,
पोखरा ।

साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। चाँदीको मूल्य भने स्थिर छ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख १५ हजार सात सय रुपैयाँमा कारोबार भएको छ।

तेजाबी सुनको मूल्य भने यसदिन १ लाख १५ हजार १५० रूपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य भने सोमबार पनि आइतबारकै कायम भएको छ। आइतबार चाँदी तोलको १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।