जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केर पसलमा आगलागी

जन्मभुमि खबर ,
पोखरा ।

दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

खजुरा ५ धनौली नजिकैको एक पसलमा आइतबार साँझ आगलागी भएको हो ।

लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले सञ्चालन गर्दै आएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताए ।

आगलागीबाट करिब ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयवासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका छन् ।

प्रहरीले दीपावलीमा अनावश्यक पटका पड्काउने, नागरिकलाई त्रसित बनाउने खालका गतिविधि नगर्न अनुरोध गर्दै अटेर गर्नेलाई कारबाही गर्ने जनाएको छ ।