जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश

जन्मभुमि खबर ,
पोखरा ।

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।

यसका साथै सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको सजाय माफ दिएका थिए । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

ढकाल नेपालगञ्जका चेतन मानन्धरको हत्या कसुरमा दोषी ठहर भइ जेल परेका थिए । तर, सरकारले उनको सजाय माफी दिएपछि उनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सोही रिटको सुनुवाइ गर्दै सर्वोच्चले ढकालले पाएको माफी बदर गरिदिएको हो ।