जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मोडल दीपाशा वीसीको निधन

जन्मभुमि खबर ,
पोखरा ।

मोडल दीपाशा विसीको निधन भएको छ । उनको आज काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बुधबार राती स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले आज बिहान मृत घोषित गरेको हो । उनको निधनबारे अस्पतालका सीइओ अजय मिश्रले मिडियासँग पुष्टी गरेका छन् ।

बीसीको शरीरमा बिषको मात्रा धेरै देखिएको नर्भिक अस्पताल श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार, बुधबार बेलुकी साढे ८ बजे दीपाशाले आफ्नै घरमा बिष सेवन गरेकी थिइन् ।

उनले, आफै बिषय सेवन गरिन् या अरुले खुवाइदिएका थिए भन्ने केही पनि खुलेको छैन ।

दीपाशाको २८ बर्षको उमेरमा निधन भएको हो । उनको जन्म वि.सं २०५२ सालमा सुर्खेतमा भएको थियो । तर, उनले लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ पेशामा काम गरिरहेकी थिइन् ।

मोडल विसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । विशेषगरि, उनले लोकगीतका म्युजिक भिडियोमा धेरै अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्ममा ‘बिरानो माया, छाल, झेली, दुलाहा रानी’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् ।

सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् ।