जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भूकम्पपीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

जन्मभुमि खबर ,
पोखरा ।

भूकम्पपीडितहरूलाई सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित संघीय मन्त्रीहरूले एक महिनाको तलब दिने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्रीदेखि मन्त्रीहरूले एक महिनाको तबल दिने निर्णय गरेको हो।

इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने निर्णय गरेको छ। बैठकले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको हो।