जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतबाट नेपाल आइपुगे १५ वटा मुर्रा राँगा

जन्मभुमि खबर ,
पोखरा ।

भारतले दिएका १५ वटा मुर्रा जातका राँगा बाँकेको नेपालगञ्जस्थित रुपैडिया–जमुनाहा नाकाबाट १५ वटा मुर्रा राँगा भित्र्याइएको हो । बुधबार दिउँसो २ बजे नै रुपैडिहा ल्याइए पनि राँगाको भन्सार प्रक्रियामा पूरै दिन लागेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला त्यहाँको सरकारसँग भएको सम्झौताअनुसार ती राँगा नेपाल ल्याइएको हो ।

पशु सेवा विभागका अधिकारीहरुले नेपालगन्ज ल्याइएका राँगामध्ये ३ वटा बाँकेमा राखेर पोखरा ७ वटा र सिरहाको लहान ५ वटा पठाउने तयारी छ । तर राँगाको स्वास्थ्य परीक्षण गरिसकेपछि मात्र पठाइनेछ । परीक्षणका लागि सबै राँगालाई पशु क्वाइेन्टिनमा राखिएको छ ।

मुर्रा जातको नश्ल सुधारका लागि ल्याएको राँगाको वीर्यबाट वार्षिक ४० हजार पाडापाडी उत्पादन हुने डा.अर्यालले बताए ।

नश्ल सुधारका लागि ल्याएका पशुको वीर्यबाट कृत्रिम गर्भाधान प्रक्रियामार्फत उन्नत जातको पशुचौपायाको विकास हुन्छ । नेपालमा हाल वार्षिक रुपमा भैँसीको दुध १४ लाख ६४ हजार मेट्रिक टन उत्पादन हुँदै आएको सरकारी तथ्यांक छ । कृत्रिम गर्भाधानबाट नश्ल सुधार भइ भैँसीको दुध उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।