जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ५ मालेपाटनमा मोटरसाइकलको ठम्ककरबाट पैदलयात्री टंकबहादुरको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा बिहिवार राति मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा टंकबहादुर कुमाल मगरको मृत्यु भएको छ ।

पोखरा ५ मालेपाटनमा मोटरसाइकलको ठम्ककरबाट गम्भिर घाइते भएका टंकबहादुरको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु  भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रस्याङ जिरोकिलोमिटरतर्फ जाँदै गरेको ग १९ प ९३३२ नम्बरको मोटरसाइकलले हिजो बिहिबार राति १०ः३० बजेको समयमा पैदल यात्री खोटाङ घर भई पोखरा बस्दै आएका टंकबहादुरलाई मालेपाटनमा ठक्कर दिँदा गम्भिर घाइते भएका थिए ।

घटनामा मोटरसाइकल चालक तनहुँ घर भई पोखरा–शान्तिनगर बस्ने थरबत थापा समेत घाइते भएका छन् । उनको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।