जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा लेखनाथको दृष्टिबिहिन आश्रममा आगलागि करिब ७५ लाख बराबरको धनमालको क्षति

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका २९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिबिहिन आश्रममा आगलागि भएको छ । आगोलागिबाट करिब ७५ लाख बराबरको धनमाल क्षति भएको छ भने पाँच कोठे घर जलेर ध्यस्त भएको छ ।

बुधबार साँझ करिब ९ बजेको समयमा आगोलागि भएको थियो । दृष्टिबिहिन र अपाङ्गगता भएकाहरु ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा लागेर बेच्ने अगरबत्ति, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगाएतका सामग्रीहरु पनि जलेर नस्ट भएका छन् ।

उनीहरुले बजारमा विक्रीका लागि लैजान लागेका करिब ३४ लाख बराबरको सामग्री क्षति भएको दृष्टिबिहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । त्यसै गरी तिहारका बेला उनीहरु विक्रिवितरण गरेर आश्रम मै भएको भएका नगद करिब ९ लाख रुपैया पनि जलेको बताए ।

घरको भवनको करिब २५ लाख र खाद्ययान्न २१ लाख बराबरको क्षति भएको सुबेदीले जानकारी दिए । बुधाबार उनीहरु देउसी भैलो खेल्नका लागि पोखराका लेकसाइड गएका रहेछन् सुबेदीले भने राति ९ बजे तिर आगलागि भएको थियो ।

अहिले तिहारमा धेरैजसो घर गएका कारण ९/१० जनामात्रै रहेका थिए ।  महिनाको १५ हजार रुपैयाँ तिरेर भाडामा लिएको घर, घरका समान र बिक्रीका लागि राखिएका विभिन्न सामाग्रीसमेत जलेपछि आफूहरु बिचल्लीमा रहेको आश्रममा बस्दै आएका राजकुमार चौधरीले दुखेसो पोखे । सबै जलेर नष्ट भएपछि अहिले उनीहरुसँग जिउमा लगाएको लुगाबाहेक अरु केही पनि बाँकी नरहेको चौधरीले बताए ।

अपाङ्गगता मैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको थियो । आगलागि पछि त्यहाँ बस्दै आएकाहरुको विचल्ली भएको सुबेदीले बताए ।