जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरले तोक्यो फूलको मूल्य, प्रतिथुंगा २ देखि ५ रुपैयाँ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले पहिलो पटक फूलको मूल्य तोकेको छ । तिहारको समयमा यसअघि मनपरी मूल्य लिएर उपभोक्ता ठगीमा परेको गुनासो आएपछि महानगरले यो वर्ष सरकारी मूल्य तोकिदिएको कृषि महाशाखा प्रमुख मनहर कडरिायाले जानकारी दिए ।

‘उपभोक्ताको धेरै गुनासो आयो । एउटै मूल्यको ५–७ सय सम्म तिर्न बाध्य भएका थिए,’ उनले भने, ‘यो वर्ष त्यसरी मपनरी मूल्य लिन पाइँदैन । महानगरले मूल्यमा एकरुपता कायम गर्न मूल्य तोकिदिएको हो ।’

यो वर्ष फूलको तौल अनुसार फरक मूल्य छ । ५ देखि १० ग्रामको एउटा थुंगालाई २ रुपैयाँ मूल्य तोकिएको छ । १० देखि १५ ग्रामको ४ रुपैयाँ तथा १५ देखि २० ग्रामको ५ रुपैयाँ मूल्य छ । मालाको पनि फूलको थुंगाको आकार अनुसार क्रमशः १ सय ५०, १ सय ८० र २ सय छ ।

किलोमा बेच्न चाहे प्रतिकिलो ४ सय रुपैयाँ मूल्य पर्ने महानगरले जनाएको छ । यो वर्ष महानगर आफैले पनि फूल खेतीमा किसानलाई प्रोत्साहन गरेको छ । डेढसय रोपनी क्षेत्रफलमा महानगरको सहुलियत बीऊ लिएर किसानले व्यावसायिक खेती गरेका छन् ।