जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरको टोली राहत लिएर जाजरकोट प्रस्थान , एक महिनाको तलब पनि दिने

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडाध्यक्ष सहितको टोली राहत लिएर जाजरकोट हिँडेको हो ।

टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य सहभागी छन् । महानगरपालिकाले १ महिनाको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने घोषणा पनि गरेको छ ।

२ वटा सानो गाडी र एउटा ट्रकमा १७ जनाको उद्धार टोली पनि जाजरकोट हिँडेको मेयर धनराज आचार्यले जानकारी दिए । उनका अनुसार त्रिपाल, लत्ताकपडा, व्लाङकेट र औषधी पठाएको हो ।

पहिलो चरणमा नगरका मेयर, उपमेयर लगायत वडाध्यक्ष र कार्यपालिका सदस्यको १ महिनाको तलबबाट शोधभर्ना हुने गरी १३ लाख १५ हजारको सामग्री पठाइएको आचार्यले बताए । थप सामग्री र सहयोग महानगरपालिकाको विपद् कोषबाट खर्च बेहोर्ने नगरपालिकाले जनाएको छ ।