जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा फुलबारीमा मोटरसाइकल र स्कुटर अनियन्त्रित भई बसमा ठोकिँदा २ जना घाइते ( तस्बिर सहित )

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका ११ फूलबारीमा गए राती स्कुटर र मोटरसाइकल बसमा ठोकिँदा २ जना घाइते भएका छन् ।

ग १३ प ७४०५ नम्बरको स्कुटर र ग १६ प ९९०८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई अनियन्त्रित भई ना ५ ख १२३ नम्बरको बसमा ठोकिँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

स्कुटर चालक पोखरा बाझापाटन २८ वर्षीय सुदिप गुरुङ र नदिपुरका २० को क्षितिज नेपाली घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

घाइतेको टाउकोमा चोट लागेको र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल उपचार भइरहेको एसपी थापाले बताए ।

सबै सवारी साधन र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।