जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा चाउथेस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१४ चाउथे अन्तराष्ट्रिय विमानस्थल गेट अगाडि रहेको प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खाजा घरका सञ्चालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्कीसहित ललितपुरका २९ वर्षीय उत्तम बयलकोटी, लमजुङका ३४ वर्षीय महेन्द्रबहादुर भुजेल, कास्कीका ३५ वर्षीय तेजराज बराल, मोरङका ३३ वर्षीय अर्जुन पौडेल, सप्तरीका ३५ वर्षिय राकेश चौधरी, कास्कीका ५२ वर्षीय कमलराज लामिछाने र चितवनका ५२ वर्षीय एकबहादुर गुरुङलाई पक्राउ गरिएको छ ।

उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ५ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास पनि बरामद गरेको छ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।