जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आफ्नै बाबुलाई खुर्पा प्रहार गरी हत्या, फरार छोरा पाल्पाबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा गोधुली संसार पथमा छोराले खुर्पा प्रहारगर्दा बाबुको मृत्यु भएको छ ।

५२ बर्षीय रामु क्षेत्रीलाई छोरा २२ बर्षीय रविन क्षेत्रीले खुर्पा (हतियार) प्रहार गरी हत्या गरेको कास्कीका प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिए ।

खुर्पा प्रहार गरी घाइते रामुको चरक मेमोरीयल अस्पताल पोखरामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

खुर्पा प्रहार गरि फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालयले अन्य जिल्लामा हुलिया, फोटो सहितको खोजतलासको सूचना जारी गरेको थियो ।

सोही आधारमा पाल्पा प्रहरीले पाल्पाको प्रभासमा ग२०प ६०४७ नम्बरको मोटर साइकल सहित नियन्त्रण लिई उनले बताए । उनले मंगलबार राति नै पोखरा ल्याई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाएको उनले बताए ।