जन्मभुमि खबर ,
पोखरा ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराको आयोजनामा यही कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव गरिने भएको छ ।
‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्यका साथ निरन्तर महोत्सव गर्दै आइएको अध्यक्ष सुवेदीले बताए । कोभिड–१९ लगायत विविध कारण पर्यटन मारमा परिरहेको उल्लेख गर्दै उहाँले पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।
संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष भाइटीकामहोत्सव सञ्चालन भइरहेको महोत्सवका संयोजक एवं सङ्घका सचिव पार्वता पाण्डेले जानकारी दिए ।
महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्यार टीका लगाउन आउने अपेक्षा गरिएको उल्लेख गर्दै संयोजक पाण्डेले महोत्सव पोखराका लागि अर्को महत्वपूर्ण पर्यटकीय गतिविधिका रुपमा विकास भएको बताए । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाउनले सङ्घले जनाएको छ ।