जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नाटक ‘एक चिहान’को पोखरामा विशेष मञ्चन

जन्मभुमि खबर ,
पोखरा ।

नाटक ‘एक चिहान’को पोखरामा विशेष मञ्चन गरिएको छ । साहित्यकार हृदयचन्द्रसिंह प्रधानले लेखेको उपन्यासमाथि तयार पारिएको नाटक सोमबार पोखरा थिएटरमा मञ्चन गरिएको हो ।

एक चिहानको नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका हुन् । नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द« मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, सोनिया कार्की खत्री, अनुषा परियार लगायतका कलाकारको अभिनय छ ।

साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।

यो उपन्यासका माध्यमबाट प्रधानले लेखनकालिन नेपाली समाजका नारीहरुले भोग्नु परेका यातना, किसानमाथिको आर्थिक शोषण, सामाजिक अन्धविश्वास देखाएको छ ।

अञ्जु दाहालले सह–निर्देशन गरेको नाटकमा हरिदेवी कोइरालाको असारे गीतसमेत समावेश छ ।

नेवार समुदायको परिवेशमा तयार नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा पुस ६ गतेसम्म मञ्चन हुनेछ । शनिबार बाहेक हरेक दिन नाटक मञ्चन हुने जनाइएको छ ।