जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईंको समूह र प्रहरीबीचको झडपमा १० जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा १० जना प्रदर्शनकारी घाइते भएका छन् ।

उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । झडपमा परी चट्टान थापा (टाउकोमा चोट), कमल शाही, लोकराज जोशी (बैतडी), शम्भु थापा, प्रकाश थापा, प्रभु शर्मा, विश्व हमाल, उर्मिला तामाङ, विक्रम क्षत्री र भरतप्रसाद पाठक (धादिङ) घाइते भएका छन् । पाठकलाई सबैभन्दा बढी चोट लागेको छ ।

झडपका क्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।