जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तारा एअरका दुई पाइलटबीच कुटाकुट

जन्मभुमि खबर ,
पोखरा ।

रामेछापको मन्थली विमानस्थलमा तारा एअरका दुई पाइलटबीच कुटाकुट भएको छ।

तारा एअरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच शुक्रबार बिहान विमानस्थल धावनमार्गमै कुटाकुट भएको हो।

कुटाकुट पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले  पाइलटहरूशाह र  श्रेष्ठको लाइसेन्स निलम्बन गरेको छ।

प्राधिकरणले राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै तत्कालका लागि पाइलटहरूलाई उडानमा रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी  दिए।
घटनापछि क्याप्टेन श्रेष्ठ जहाज लिएर लुक्लातर्फ उडेका छन् भने शाह कानुनी उपचारका लागि निवेदन लिएर जिल्ला प्रहरी कार्यालय रामेछाप पुगेको प्रहरीले जनाएको छ।

क्याप्टेन शाह आफूलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारबाहीको लागि निवेदनसहित कार्यालयमा पुगकोे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।