जन्मभुमि खबर ,
पोखरा ।
सामाजिक सञ्जाल टिकटकलाई नेपालमा प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिट परेका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुनीलरञ्जन सिंह, स्वागत नेपाल, बाबुराम अर्याललगायत कानुन व्यवसायीले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
रिटमा टिकटक बन्द गर्ने सरकारको निर्णय गैरकानुनी र संविधानको भावनाविपरीत रहेको दाबी गरिएको छ । रिटमा सामाजिक सञ्जालको नियमन गर्ने सम्बन्धमा दूरसञ्चार तथा प्रविधि क्षेत्रका विज्ञ सम्मिलित कार्यदल गठन गर्ने आदेशको पनि माग गरिएको छ ।
सर्वोच्चले रिटमाथि सुनुवाइ गर्न सोमबार पेसी तोकेको छ ।