जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जाजरकोट भूकम्प : उपचारको क्रममा थप एक जनाको मृत्यु , मृतकको संख्या एक सय ५४ पुग्यो

जन्मभुमि खबर ,
पोखरा ।

कात्तिक १७ गते राति ११ : ४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत चौरजहारी नगरपालिका-१ का २२ वर्षीय निरोज विष्टको आज बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए।

विष्ट चौरजहारी नगरपालिकामा नगर प्रहरी पदमा कार्यरत थिए ।

योसँगै भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। भूकम्पमा परी सयौं जना घाइते भएका थिए।