जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जाजरकोट भूकम्प (अपडेट): मृतकको संख्या १२८ पुग्यो, १४० बढी घाइते

जन्मभुमि खबर ,
पोखरा ।

शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ। भूकम्पमा परी १४०  जना बढी घाइते छन्।

जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएकाे छ।  ५५ जना घाइते भएका  छन्। यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ।

भूकम्पमा परेर रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। मध्यरातीमा भूकम्प गएका कारण क्षतिको यकिन विवरण संकलन हुन नसकेको प्रहरीको भनाई छ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्चिच्युडको भूकम्प गएको थियो।