जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मूल्य

जन्मभुमि खबर ,
पोखरा ।

साताको पाँचौं दिन बिहीबार पनि सुनचाँदीको मूल्यमा गिरावट घटेको छ।

बुधबारको तुलनामा सुन प्रतितोला एक हजार रुपैयाँ कमी आउँदा चाँदीमा तोलामा पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार सात सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँ तोकिएको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य तोलाको १ लाख १४ हजार १५० रुपैयाँ तोकिएको थियो।

महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलाको १ हजार ३८० रुपैयाँ कायम भएको छ। बुधबार
चाँदी तोलाको १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा बुधबार पनि सुनचाँदीको मूल्य घटेको थियो।