जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश भिड्दै

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको उपाधीका लागि त्रिभुवन आर्मी क्लव र मधेस प्रदेश भिड्ने भएका छन् ।

जारी प्रतियाेगिताकाे पहिलाे सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेकाे हाे भने अत्यन्तै राेमाञ्चक दाेस्राे सेमिफाइनलमा अर्काे विभागीय टाेली एपीएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधीका लागि आर्मीसँगकाे भिडन्त पक्का गरेकाे हाे ।

टस जितेर पहिले ब्याटिङ गरेकाे मधेस प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) विरूद्द १९७ रन बनाएकाे थियाे । १९८ रनको विशाल लक्ष्य पछ्याएकाे एपीएफ पुरै २० ओभर खेल्दै ९ विकेटकाे क्षतीमा १८६ रनमा समेटियाे । एपीएफलाई राेक्न मधेस प्रदेशका विशाल पटेल एक्लैले ३ विकेट लिए भने हरिशंकर शाह र प्रदिप पासवानकाे खातामा समान २/२ विकेट रह्याे ।

विशाल लक्ष्य पछ्याएकाे एपीएफ खेलकाे एकसमय जित नजिक पुग्ने देखिएकाे थियाे । उसका लागि ओपनर प्रदिप एैरीले ४२ बल खेल्दै ३ चाैका र ४ छक्काकाे मद्दतमा ५५ रन जाेडेपनि त्याे जितका लागि पर्याप्त भएन । एपीएफका लागि सन्दीप जाेराले विस्फाेटक ब्याटिङ गर्दै ३१ बलमा ५ छक्का र ३ चाैकाकाे सहयाेगमा ५४ रन जाेडे । लाेकेस बम ३२ र भुवन कार्की १४ काे अन्तिमसम्मकाे पर्यत्नले समेत मधेसकाे लक्ष्य भेटन सकेन । एपीएफका लागि सुमित महर्जनले १३ रन बनाए ।

यसअघि, पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनायो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरे ।

शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० रन बनाएर आउट भए । पवन सराफले १९ बलमा ३३ रन बनाए । रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएर आउट भए । मधेसका लागि ६ जना ब्याट्सम्यानले दाेहाेराे अंक जाेडन सफल रहे ।

बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान ११ बजेपछि हुने आयाेजकले जनाएकाे छ ।

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा पाेखरा रंगशालामा आयाेजित प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

केपी ओली कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लब