जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा देउसी भैलो राती ९ बजे सम्म मात्र खेल्न पाइने , भुइँचम्पा, आतिशवाजीमा रोक

जन्मभुमि खबर ,
पोखरा ।

यस वर्षको तिहारमा कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र मर्यादा , अनुशाशीत एवम् सवारी साधन आवगमनमा अवरोध नहुने गरी देउसी भैलो खेल्न पाइने जानकारी दिएको हो।

राति ९ बजेपश्चात अनिवार्य रुपमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम बन्द गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले निकालेको सूचनामा भनिएको छ । तिहार र छठ मनाउने क्रममा पटका, भुइँचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत जनजीवनमै प्रतिकुल असर पर्ने भएकोले त्यस्ता पदार्थको भण्डारण, विक्री वितरण तथा ओसारपसार नगर्न समेत सुचना मा उल्लेख गरिएको छ ।

यस्तै चाडपर्वको नाममा जुवातास खेल्ने, खेलाउने गरेमा कारबाही गर्ने चेतावनी समेत दिइएको छ। तिहारको समयमा मदिरा सेवनमा समेत धेरै कडाइ गर्ने प्रहरीको चेतावनी छ। झै–झगडा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि तिहारमा मदिरा सेवनमा कडाइ गर्न लागिएको सुचना मा उल्लेख गरिएको छ । यसवर्ष तिहारमा चोकचोकमा प्रहरीको चेकिङ हुनेछ। यस बर्षको तिहार भोलि शनिबारबाट सुरु हुँदैछ।