जन्मभुमि खबर ,
पोखरा ।
नेवारी समुदायलाई होच्याएर कमेडी गरेको आरोपमा लागेका कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतले आइतबार अपूर्वलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश कपिलमणी गौतमको इजलासले फैसला गरेको हो ।
२०७९ कात्तिकमा अपूर्वविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको थियो । त्यसअघि नेवारी समुदायका अगुवाको जाहेरीपछि अपूर्व पक्राउ परेका थिए । प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।