जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

जन्मभुमि खबर ,
पोखरा ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व विधिवत सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ।

छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने  धार्मिक जनविश्वास रहिआएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी, कुवा, ईनार तथा जलाशयहरु सिंगारिएको थियो। कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।