जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा नागढुंगास्थित होटल युनिक महिलाकाे रहस्यमय मृत्यु , ६ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको एक होटलमा तनहुँकी एक महिला मृत फेला परेकी छन् । पोखरा नागढुंगास्थित होटल शिला मा विगत २ बर्ष अगाडि देखि काम गर्दै आएकी तनहुँ भीमाद घर भएकी ३८ वर्षीय सुकु विक होटल युनिक मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो घटना मंगलबार दिउँसोको भएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापाले होटलमा अचेत अवस्थामा फेला परेकी सुकुलाई तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

मृतकको शव हेर्दा शंकास्पद देखिएको एसपी थापाले बताए । ‘मृतकको शव हेर्दा शंकास्पद देखिएको छ । हामीले होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं,’ उनले भने ।

एसपी थापाले होटलमा सीसीटिभी नभएको र परिचयपत्रसमेत नराखेकाले थप अनुसन्धान भइरहेको सुनाए । ‘होटलले सुकुसहित १ जना केटा आएका थिए भनेका छन् ।

ति युवक मंगलबार दिउँसो ३ बजे उक्त होटल पुगेका थिए । तर, एक घण्टापछि ‘एटीएमबाट पैसा झिक्छु’ भन्दै ती युवक होटलबाट निस्केको होटल सञ्चालकले प्रहरीलाई प्रारम्भिक जानकारी दिएका छन् ।

युवक फर्केर नआएपछि साँझ सञ्चालक उनीहरू बसेको कोठामा पुगेका थिए ।

‘युवक को थियो उसको संलग्नता थियो थिएन भन्नेबारे खोजी हुदैछ,’ उनले भने, ‘सिसिटिभी पनि छैन । परिचयपत्र पनि राखिएको छैन । होटलले सुरक्षाको विधि अपनाएको देखिएन । त्यसैले हामीले सबै कोणबाट अनुसन्धान गर्दैछौं ।’