जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की लुम्लेमा हँसिया प्रहार गरी घाईते बनाएको आरोपमा जुमकाजी विक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँ पालिका लुम्लेका श्रीराम देवकोटालाई घरकैं आँगनमा आएर धारिलो हतियार हँसिया प्रहार गरी घाईते बनाएको आरोपमा देबकोटाका छिमेकी जुमकाजी विक पक्राउ परेका छन् ।

कार्तिक २७ गते विहानको समयमा कास्की अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ लुम्लेस्थित आफ्नैं घरमा बसेका देवकोटालाई ५७ वर्षीय विकले हँसिया प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको सूचनामा उल्लेख छ ।

पक्राउ परेका बिकलाइ अदालत खुलेकै दिन मङ्सिर १ गते कास्की जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान भैरहेको कास्की प्रहरी प्रमुख एसपी मोहन कुमार थापाले बताएकाछ्न ।

उनलाइ ज्यान मार्ने उध्योग मुद्दामा म्याद थप गरिएको छ । घाइते देबकोटाको दुबै गोडाको घुडामुनी पिडौलामा काटिएकोछ । उनलाइ घाटिमा प्रहार गर्न खोज्दा एक महिलाले पछाडि पट्टी बाट हसिया खोसेका कारण घाइते देवकोटा बाल बाल बचेको प्रत्यक्ष दर्शीहरुले बताएका छ्न ।घाइतेको उपचार मेट्रोसिटी हस्पिटलमा भैरहेको छ । कास्की प्रहरी प्रमुख एसपी थापा उपचाररत हस्पिटलमा गै घाइतेको अबस्था बारे जानकारी लिइ दोषी उपर कडा कारबाही हुने बताएका छ्न ।