जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

मलेसियाविरुद्ध कीर्तिमानी जित निकाल्दै नेपाल लगातार दोस्रो जितसहित आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्दै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो ।

मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो ।

नेपालले यसअघि यसै महिना घरेलु मैदानमै भएको त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध सबैभन्दा ठूलो लक्ष्य भेट्टाएको थियो । त्यसबेला नेपालले १६५ रनको लक्ष्य पूरा गरेको थियो ।