जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा अरिंगालले चिलेर एक जनाको मृत्यु, एक घाइते

जन्मभुमि खबर ,
पोखरा ।

भानु नगरपालिकामा अरिंगालले चिलेर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । भानु–७ रमघाटारस्थित जंगलमा आइतबार राती ११:५५ बजे अरिंगालको गोला पोल्ने क्रममा अरिंगालले चिलेको थियो ।

अरिंगालले चिलेर घाइते भएका भानु–४ फलाखेतका ३२ वर्षीय राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँका २४ वर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएका छन् ।

दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेजमा चितवनमा पठाइएको थियो ।

घाइते मध्ये राजकुमारको सोमबार बिहान ४ : २० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।